भरतपुरमा पुनः मतदान गर्ने आयोगको निर्णय विरुद्ध सर्वोच्चमा रिट
भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
भरतपुर–१९ का एमालेबाट सदस्यका उमेदवार गुन्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले आइतबार रिट दर्ता गराएका हुन् ।
रिटमा भरतपुरको पुनःमतदान गराउने निर्वाचन आयोगको निर्णय बदर गरी च्यातिएका ९० मतपत्र बदर मानेर मतगणना कार्य सूचारु गर्न गराउन माग गरिएको छ ।
रिटमाथि सुनुवाईका लागि भोलि २२ जेठ सोमबारका लागि पेशी तोकिएको छ ।