भरतपुरमा पुनः मतदान अस्वीकार्य: एमाले
एमालेले भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा पुनस् निर्वाचन गराउने निर्वाचन आयोगको निर्णय स्वीकार्न नसकिने जनाएको छ ।
एमाले अध्यक्ष केपी ओलीले निर्वाचन आयोगको निर्णय स्वीकार्य नभएको बताएका हुन्।
आज बसेको पार्टी कमिटीको स्थायी वैठकपछि बोल्दै आफूहरुलाई आयोगको निर्णय मान्य नहुने भन्दै ओलीले यसको विरोध गरिने बताए ।
प्रधानमन्त्रीको उमेदवारी नदिने
एमालेले प्रधानमन्त्री पदका लागि आफ्नो पार्टीबाट उमेदवारी पनि नदिने भएको छ ।
एमालेले प्रधानमन्त्री चयनको प्रक्रिया नै त्रुटिपूर्ण रहेको दाबी गरेको छ । संसदमा राष्ट्रपति कार्यालयको पत्र टेबुल नै नगरी प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढाइएकाले यो त्रुटीपूर्ण भएको एमाले नेता शंकर पोखरेलले बताए ।
आइतबार प्रधानमन्त्रीको निर्वाचन गर्ने संसदको कार्यसूची भए पनि एमालेले भने संसदको अवरोध जारी राख्ने निर्णय गरेको छ ।