भारतविरुद्ध खेल्न २० सदस्यीय टीम नेपाल घोषणा (नामावली)
अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतविरुद्ध मैत्रीपूर्ण फुटबल खेल्न २० सदस्यीय टीम नेपाल घोषणा गरेको छ । १९ जेठमा घोषणा गरिएको टीममा राष्ट्रिय टीमका पूर्व कप्तान अनिल गुरुङ र फरवार्ड कर्ण लिम्बु भने परेका छैनन् ।
मिडफिल्डर हेमन्त थापा मगर र डिफेन्डर विमल बस्नेतले पहिलो पटक राष्ट्रिय टीममा स्थान बनाउन सफल भएका छन् । डिफेन्डर रविन श्रेष्ठ र रजिन धिमाल चोटका कारण टीममा पर्न सकेनन् ।
एन्फाले घोषणा गरेकाे २० सदस्यीय टीम
गोलकिपर
किरणकुमार लिम्बु
विकेश कुथु
विशाल श्रेष्ठ
डिफेन्डर
विराज महर्जन
आदित्य चौधरी
अनन्त तामाङ
कमल श्रेष्ठ
देवेन्द्र तामाङ
जितेन्द्र कार्की
विमल बस्नेत
मिडफिल्डर
रोहित चन्द
विशाल राई
हेमन गुरुङ
अञ्जन विष्ट
सुजल श्रेष्ठ
सुमन लामा
हेमन्त थापा मगर
फरवार्ड
बिमल घर्ती मगर
भरत खवास
नवयुग श्रेष्ठ
मुख्य प्रशिक्षक कोजी ग्योतोकुको नेतृत्वमा प्रशिक्षक राजुकाजी शाक्य, गोलकिपर प्रशिक्षक उज्जवल मानन्धर र म्यानेजर विराटजंग शाही छन् ।
यो टीमले मुम्बईस्थित अँधेरी स्पोटर्स् कम्प्लेक्समा २३ जेठमा भारतसँग प्रतिस्पर्धा गर्दैछ । एएफसी एसियन कप २०१९ को छनोट चरणको तयारीमा रहेको टीम नेपालका खेलाडीहरू २१ जेठमा भारत प्रस्थान गर्दैछन् ।
एसियन कप क्वालिफायर्स् अन्तर्गतको दोस्रो म्याच नेपाल र यमनबीच ३० जेठमा हलचोक मैदानमा हुँदैछ ।