पश्चिमाञ्चल ९५ रनले विजयी
प्रधानमन्त्री कप क्रिकेट प्रतियागितामा पश्चिमाञ्चल विकास क्षेत्रले मध्यमाञ्चललाई ९५ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदान १७ जेठमा पश्चिमाञ्चलले ८ विकेट गुमाउँदै २०२ रन बनाएको थियो ।
टस हारेर जवाफी ब्याटीङमा उत्रेको मध्यमाञ्चलले ४३ दशमलव ३ ओभरमा सवै विकेट गुमाउँदा जम्मा १०७ रन बन्यो ।
पश्चिमाञ्चलका लागि सौरभ खनालले ७८ रन बनाए । उनी म्यान अफ द म्याच पनि घोषित भए । कप्तान अन्तिम थापाले ३४, अनिल गुरुङले २८, विधान श्रेष्ठले १८ र कृष्ण कार्कीले १५ रनको योगदान दिए ।
मध्यामाञ्चलका लागि भने इसान पाण्डेले २४, किशोर महतोले २०, रामसाद आलमले १५ र सुमित महर्जनले १० रन जोडेका थिए ।