दोस्रो चरणको निर्वाचन फेरि सर्ने
दोस्रो चरणमा हुने स्थानीयतहको निर्वाचन सार्नका लागि दलहरुबीच छलफल भइरहेको छ ।
पहिले ३१ जेठका लागि तोकिएको दोस्रो चरणको निर्वाचन राजपालाई निर्वाचनमा सहभागी गराउन भन्दै ९ जेठका लागि सारिएको थियो ।
तर, अहिले मुस्लिम समुदायको रमजान पर्व चलिरहेको र ९ गते शुक्रबार विशेष प्रार्थनाको दिन पर्ने भएकोले दलहरुले निर्वाचन मिति सार्नेबारे छलफल थालेका हुन् ।
स्रोतका अनुसार अहिले प्रधानमन्त्री निवास बालुवाटारमा दलहरुबीच जारी छलफलमा निर्वाचन मिति सार्ने विषयले प्रवेश पाएको छ र सम्भवतः सरकारले निर्वाचनको नयाँ मिति ८ वा १४ असारका लागि घोषणा गर्नेछ ।
राजपा र संघीय समाजवादी फोरमले पनि मिति सार्न माग गरेका छन् ।
आजै विहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाउन गएका मुस्लिम समुदायका अगुवाहरुको टोलीलाई पनि दाहालले ९ जेठका लागि निर्वाचन तोक्दा रमजानको आफूले हेक्का नराखेको भन्दै निर्वाचन मिति हेरफेर गरिने आश्वासन दिएका थिए ।