पर्यटन व्यवसायी बीके श्रेष्ठको निधन
पर्यटन व्यवसायी एवम् होटेल र्याडिसनका प्रवन्ध निर्देशक बीके श्रेष्ठको आज विहान निधन भएको छ ।
लामो समयदेखि क्यान्सर रोगबाट ग्रस्त श्रेष्ठको आज, १६ जेठ विहान करिब ८ बजे भैंसेपाटीस्थित निवासमा निधन भएको उनको पारिवारिक स्रोतले जनाउका छ ।
होटेल व्यवसायी संघका पूर्व अध्यक्षसमेत रहेका श्रेष्ठले पोखराको ग्राण्ड र चितवनमा प्याराडाइज होटेल समेत सञ्चालन गरिरहेका थिए ।
ट्राभल एजेन्सी, वीम कम्पनी समेत सञ्चाल गरेका श्रेष्ठ नेपाल उद्योग वाणिज्य संघमा समेत सक्रिय थिए ।
श्रेष्ठको आजै दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि हुनेछ ।
श्रेष्ठका श्रीमती र तीन छोरी छन् ।