चाँगुनारायणमा एमाले निर्वाचित
भक्तपुरको चाँगुनारायण नगरपालिकाकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।
मेयरमा एमालेका केन्द्रीय सदस्यसमेत रहेका सोम मिश्र ८,५१२ मतका साथ निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजाराम खड्काले ६,८६९ मत प्राप्त गरे ।
त्यसैगरी, उपमेयरमा एमालेकै बिना बास्तोलाले ८,७८९ मत प्राप्त गरी निर्वाचित भएकी छन् । भने उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी राधा बानियाँले ६,४७६ मत प्राप्त पाएकी छन् ।
चाँगुनारायणसँगै नेकपा एमालेले १२५ स्थानीय तहको प्रमुखमा निर्वाचित भएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस १०४ र माओवादी केन्द्र ४६ तहमा निर्वाचित भएका छन् ।