उदयपुरमा एमाले, कांग्रेस र माओवादीले उम्मेदवार चयन गरे
स्थानीय तहमा हुन गइरहेको दोस्रो चरणको निर्वाचनका लागि उदयपुर जिल्लामा नेकपा एमाले र नेपाली कांग्रेसले जिल्लाका चार नगरपालिका र चार गाउँपालिकासहित आठ स्थानीय तहमा आफ्ना पार्टीबाट उम्मेदवार निर्धारण गरेका छन् ।
एमाले प्रचार विभाग उदयपुरका प्रमुख परमेश्वर घिमिरेका अनुसार
त्रियुगा नगरपालिका- मेयरमा एमालेले बलदेव चौधरी, उपमेयरमा सृजना दनुवार
कटारी नगरपालिका- मेयरमा ज्ञानेन्द्र श्रेष्ठ, उपमेयरमा भीमकुमारी राउत
बेलका नगरपालिका- मेयरमा दुर्गाकुमार थापा, उपमेयरमf राजकुमारी चौधरी
चौदण्डी नगरपालिका- मेयरमा नरेन्द्रबहादुर राउत, उपमेयरमा कान्ता राई
उदयपुरगढी गाउँपालिकाबाट अध्यक्षमा मानबहादुर मगर, उपाध्यक्षमा सानु राउत
ताप्ली गाउँपालिका- अध्यक्षमा उद्धवसिंह थापा, उपाध्यक्षमा कमला राई
रौतामाई गाउँपालिका- अध्यक्षमा गजेन्द्र खड्का, उपाध्यक्षमा कुमारीज्यू ठकुरी
सुनकोसी गाउँपालिका- अध्यक्षमा भलबहादुर राई, उपाध्यक्षमा लक्ष्मी कार्की
नेपाली कांग्रेसप्रचार विभाग प्रमुख मदनराज कटुवालका अनुसार
त्रियुगा नगरपालिका- मेयरमा वसन्तकुमार बस्नेत, उपमेयरम देवीकुमारी चौधरी
चौदण्डी नगरपालिका- मेयरमा खगेन्द्र राई,
बेलका नगरपालिका- मेयरमा अशोक कार्की, उपमेयरमा दीपा राई
कटारी नगरपालिका- मेयरमा ज्ञानेन्द्र मानसिंह राउत, उपमेयरमा सरस्वती ढुङ्गाना
सुनकोसी गाउँपालिका- अध्यक्षमा पुष्पलाल राई, उपाध्यक्षमा रमिला राई
ताप्ली गाउँपालिका- अध्यक्षमा डिकबहादुर ठकुरी, उपाध्यक्षमा धनमाया मगर
रौतामाई गाउँपालिका- अध्यक्षमा भूपेन्द्र थापा, उपाध्यक्षमा धनमाया थापामगर
उदयपुरगढी गाउँपालिका- अध्यक्षमा जीतबहादुर खड्का, उपाध्यक्षमा बिमा राई
नेकपा माओवादी केन्द्र उदयपुर अध्यक्ष विनोद कटुवाका अनुसार
कटारी नगरपालिका- मेयरमा केपी बराल, उपमेयरमा मीना कोइराला
बेलका नगरपालिका- मेयरमा रमण भट्टराई, उपमेयरमा गङ्गासरी राई
सुनकोसी गाउँपालिका- अध्यक्षमा मेजर राई, उपाध्यक्षमा सुना राई
उदयपुरगढी गाउँपालिका- अध्यक्षमा देव गिरी, उपाध्यक्षमा निर्मला मगर
ताप्ली गाउँपालिका- अध्यक्षमा ढुङ्गराज विक
बाँकी तीन तहको लागि दुई दिनभित्र उम्मेदवार टुङ्गो लगाइने माओवादी केन्द्र उदयपुरले बताएको छ ।
रासस