बजेटको लक्ष्य ७.२ प्रतिशतको आर्थिक वृद्धि
सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनबाट ७.२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने लक्ष्य लिएको छ ।
अर्थमन्त्री कृष्णबहादुर महराले आगामी आवको बजेटसँगै मुलुकमा आर्थिक गतिविधिमा उल्लेख्य प्रगति भई तीव्र आर्थिक विकास हुने बताए । उनले बजेट कार्यान्वयन भएपछि नेपाल राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीति र आपूर्ति प्रणालीको सुदृढीकरणबाट मुद्रास्फीर्ति ७ प्रतिशतमा सीमित हुने उल्लेख गरे ।
बजेटले सामाजिक सुरक्षा तथा मानव विकासका सूचकमा उल्लेखनीय प्रगति हुने विश्वास लिएको छ । बजेटको कार्यान्वयनबाट थप एक लाख स्वरोजगार र चार लाख नयाँ रोजगारीका अवसर सिर्जना हुने अपेक्षा गरिएको अर्थमन्त्री महराले बताए । रासस