१२ खर्ब ७८ अर्ब ९९ करोडको बजेट प्रस्तुत
सरकारले आगामी आर्थिक वर्ष २०७४/७५ का लागि रु १२ खर्ब ७८ अर्ब ९९ करोड बराबरको बजेट प्रस्तुत गरेको छ ।
व्यवस्थापिका–संसद्को आजको बैठकमा अर्थमन्त्री कृष्णबहादुर महराले बजेट प्रस्तुत गरेका हुन् ।
सरकारले चालु खर्चका लागि ८ खर्ब ३ अर्ब ५३ करोड, पुँजीगत खर्चतर्फ ३ खर्ब ३५ अर्ब २७ करोड र वित्तीय खर्चतर्फ १ खर्ब ४० अर्ब २८ करोड छुट्याएको छ ।
यो बजेटको आकार चालु आर्थिक वर्षको भन्दा करिब २२ प्रतिशतले बढी हो । गत वर्ष १० खर्ब ४८ अर्बको बजेट प्रस्तुत भएको थियो ।