तीन अन्तर्राष्ट्रिय विमानस्थलका लागि १४ अर्ब बजेट
सरकारले तीन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि १३ अर्ब ७२ करोड रुपैया बजेट छुट्याएको छ ।
सरकारले आगामी आर्थिक वर्षका लागि पोखरा, गौतमबुद्ध र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि झन्डै १४ अर्ब बजेट छुट्याएको हो ।
अर्थमन्त्री कृष्णबहादुर महराले बजेट पेस गर्दै निगजढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आगामी आर्थिक वर्षमा बोलपत्र आहृवान गर्ने बताएका छन् । त्यस्तै गौतमबुद्ध विमानस्थल २०७५ सालसम्म निर्माण सम्पन्न गर्ने र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामी आर्थिक वर्षबाट निर्माण शुरु गर्ने योजना रहेको छ ।