आर्थिक वर्ष २०७४/७५ को बजेट प्रस्तुत हुँदै
व्यवस्थापिका–संसद्को बैठकमा अर्थमन्त्री कृष्णबहादुर महराले ‘आर्थिक वर्ष २०७४/७५ को बजेट प्रस्तुत गरिरहेका छन् ।
यसअघि राष्ट्रिय योजना आयोगका अध्यक्ष एवम् कामचलाउ प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले आगामी आवको बजेट पारित गरेको थियो । आयोगले पारित गरेको बजेट आजकै मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको हो ।
हरेक वर्ष १५ जेठमा आगामी आवको बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।