दोस्रो चरणको निर्वाचन ९ असारमा गर्ने सरकारको निर्णय
सरकारले दोस्रो चरणको स्थानीय निर्वाचन ९ असारमा गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले ३१ जेठका लागि तोकिएको दोस्रो चरणको निर्वाचनको मिति सार्ने निर्णय गरेको हो ।
सबै दललाई निर्वाचनमा आउने वातावरण बनाउन निर्वाचनको मिति सारिएको विज्ञान तथा प्रविधि मन्त्री प्रेमबहादुर सिंहले जानकारी दिए ।