भरतपुर अपडेटः ज्ञवाली र दाहालको मतान्तर ७८४
भरतपुर महानगरपालिकाको जारी मतगणनामा एमालेबाट मेयरका उमेदवार देवि ज्ञवाली ७८४ मतले अगाडि छन् ।
हालसम्म ज्ञवालीले ४०,९८० मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रकी रेणु दाहालल ४०,१९६ मत प्राप्त गरेकी छन् ।
अहिले वडा नम्बर १९ को मत गणना भइरहेको छ भने वडा नम्बर २० को मत गन्न बाँकी छ । २० मा ३,३१८ मत खसेको थियो ।
उपमेयरमा भने नेपाली कांग्रेसकी पार्बती शाह ठकुरी निर्वाचित हुने निश्चित जस्तो भैसकेको छ ।