भरतपुर अपडेटः मतान्तर घट्दो क्रममा
भरतपुर महानगरपालिकाको चुनावी परिणाम थप रोचक बन्दै गइरहेको छ ।
पछिल्लो मत परिणाम अनुसार एमालेका मेयर उम्मेदवार देवि ज्ञवाली ९०९ मतले अगाडि रहेका छन् ।
ज्ञवालीले ४०,५८८ मत पाएका छन् भने माओवादी केन्द्र–नेपाली कांग्रेस गठबन्धनकी रेणु दाहालले ३९,६७९ मत पाएकी छन् ।
वडा नं २१ को कुल ३,५६८ मध्ये २,४०७ मत गणना हुँदा वडा अध्यक्षमा नेपाली कांग्रेसको १,०६३ एमालेको ७४८ र माओवादी केन्द्रको २५२ मत रहेको छ ।