काठमाडौं–निजगढ फास्ट ट्रयाकको शिलान्यास
प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौं– निजगढ फास्ट ट्रयाकको शिलान्यास गरेका छन् ।
आज बिहान बाराको निजगढमा आयोजित विशेष समारोहमा प्रधानमन्त्रीले काठमाडौंबाट तराई जोड्ने राष्ट्रिय गौरवको आयोजना (फास्ट ट्रयाक) को शिलान्यास गरेका हुन् ।
७६.२ किमी दूरीको फास्ट ट्रयाक निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई दिएको छ ।
फास्ट ट्रयाक ललितपुरको खोकनाबाट शुरु भई काठमाडौं, मकवानपुरहुँदै बाराको निजगढ जोडिने छ ।
फास्ट ट्रयाक रु एक खर्ब १२ अर्बको लगानीमा चार वर्षभित्र निर्माण सम्पन्न गर्ने सरकारको लक्ष्य रहेको छ ।