भरतपुर अपडेटः ज्ञवाली र दाहालबीचको मतान्तर १४१०
भरतपुर महानगरपालिकाको जारी मतगणनको प्राप्त पछिल्लो मतपरिणाम अनुसार मेयरमा एमालेका उमेदवार देवि ज्ञवाली १४१० मतले अगाडि छन् ।
ज्ञवालीले ३८,७८० मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रकी रेणु दाहालले ३७,३७० मत प्राप्त गरेकी छन् ।
राप्रपाका बद्री तिमिल्सिनाले ६,२३८ मत प्राप्त गरेका छन् ।
उपमेयरमा नेपाली कांग्रेसकी उमेदवार पार्वती शाह ठकुरीले ५,८०२ मतले अग्रता लिएकी छन् । ठकुरीले ४१,२४१ मत प्राप्त गरेकी छन् भने एमालेकी दिव्य शर्मा आचार्यले ३५,४३९ मत प्राप्त गरेकी छन् ।
त्यसैगरी राप्रपाकी रीना गुरुङले ६,५४३ मत प्राप्त गरेकी छन् ।
अहिले वडा नं. १८ को मतगणना जारी छ ।