भरतपुरमा ज्ञवाली र दाहालको मतान्तर १५८३
भरतपुर महानगरपालिकाको जारी मतगणनामा मेयरमा एमालेका देवि ज्ञवालीले मााओवादी केन्द्रकी रेणु दाहाल भन्दा १५८३ मतले अगाडि छन् ।
ज्ञवालीले ३७५१६ मत प्राप्त गरेका छन् भने दाहालले ३५,९३३ मत पाएकी छन् । त्यस्तै राप्रपाका बद्री तिमिल्सिनाले ५,९८३ मत पाएका छन् ।
उपमेयरमा नेपाली कांग्रेसकी पार्वती शाह ठकुरीले ३९,७३६, एमालेकी दिव्य शर्मा आचार्यले ३४,१९४ र राप्रपाकी रीना गुरुङले ६,३१५ मत प्राप्त गरेका छन् ।
अहिलेसम्म वडा नं १ देखि १७ र २३ देखि २९ सम्मको मतगणना सम्पन्न भइसकेको छ । वडा नं. १७ मा नेपाली कांग्रेसको सम्पूर्ण प्यानल निर्वाचित भएको छ ।
हाल वडा नं. २२ को मतगणना शुरु भएको छ ।