काठमाडौंमा १८ हजार मतान्तरले एमाले अगाडि
काठमाडौँ महानगरपालिकामा नेकपा एमालेका मेयर उम्मेदवार विद्यासुन्दर शाक्यले ६१ हजार ५०३ मतसहित अग्रता लिइरहेका छन् ।
शाक्यका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजुराज जोशीले ४३ हजार १३९ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेकी विवेकशील नेपाली पार्टीकी रञ्जु दर्शनाको २२ हजार ३४१ मत छ भने साझा पार्टीका किशोर थापाको १७ हजार ८४४ मत रहेको छ ।
उपप्रमुखमा भने नेपाली कांंग्रेसकी हरिप्रभा खड्गीको अग्रता छ । उनले हालसम्ममा ५६ हजार १५० र उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका राजाराम श्रेष्ठले ३३ हजार ४०२ मत प्राप्त गरेका छन् ।