भरतपुरमा ज्ञवाली र दाहालको मतान्तर १७४२ पुग्यो
भरतपुर महानगरपालिकाको जारी मतगणनामा मेयरका लागि एमाले उमेदवार देवि ज्ञवालीले १,७४२ मतल अग्रता लिएका छन् ।
अहिले भरतपुर महानगरको वडा नं. २३ को मतगणना जारी छ । हालसम्म एमालेका ज्ञवालीले ३५,८०९ मत प्राप्त गरेका छन् भने माओवादीकी रेणु दाहालले ३४,०६७ मत प्राप्त गरेकी छन् ।
वडा नं. २३ को मतगणना हुँदै गर्दा मेयरका उमेदवार देवि ज्ञवालीको मत घटन सक्ने अनुमान गरिएको भए पनि अहिलेसम्म त्यसो भएको छैन ।
उपमेयरमा नेपाली कांग्रेसकी पार्वती शाह ठकुरीले ३७,७०२ मत प्राप्त गरेकी छन् भने एमालेकी दिव्य शर्मा आचार्यले ३२,५०८ मत प्राप्त गरेकी छन् ।