भरतपुरमा ज्ञवाली र दाहालको मतान्तर १५४९ पुग्यो
भरतपुर महानगरपालिकाको जारी मतगणनामा मेयरका लागि एमाले उमेदवार देवि ज्ञवालीले मतान्तर केही फराकिलो बनाएका छन् ।
भरतपुर महानगरको वडा नं. १६ को ३२०९ मत गनिसक्दा सम्म एमालेका ज्ञवालीले ३४,४९१ मत प्राप्त गरेका छन् भने माओवादीकी रेणु दाहालले ३२,९४२ मत प्राप्त गरेकी छन् ।
उपमेयरमा नेपाली कांग्रेसकी पार्वती शाह ठकुरीले ३६,५६५ मत प्राप्त गरेकी छन् भने एमालेकी दिव्य शर्मा आचार्यले ३१,२३९ मत प्राप्त गरेकी छन् ।
भरतपुरका २९ वटा वडामध्ये १६ को मतगणना जारी छ भने १७ देखि २३ वडाको मतगणना बाँकी छ ।