भरतपुर अपडेटः ज्ञवाली र दाहालको मतान्तर १५३८
भरतपुर महानगरपालिकाको जारी मतगणनामा मेयरका लागि एमाले उमेदवार देवि ज्ञवालीले मतान्तर केही फराकिलो बनाएका छन् ।
भरतपुर महानगरको वडा नं. १६ को २५८८ मत गनिसक्दा सम्म एमालेका ज्ञवालीले ३४,२५० मत प्राप्त गरेका छन् भने माओवादीकी रेणु दाहालले ३२,७१२ मत प्राप्त गरेकी छन् ।
त्यसैगरी राप्रपाका बद्री तिमिल्सिनाले ५,०७४ मत प्राप्त गरेका छन् ।
उपमेयरमा नेपाली कांग्रेसकी पार्वती शाह ठकुरीले ३६,३०८ मत प्राप्त गरेकी छन् भने एमालेकी दिव्य शर्मा आचार्यले ३०,९९९ मत प्राप्त गरेकी छन् । त्यसैगरी राप्रपाकी रीना गुरुङले हालसम्म प्राप्त गरेको मत ५,३८५ छ ।