पोखरा महानगरको प्रमुख र उपप्रमुखमा एमालेको जित सुनिश्चित
युवराज श्रेष्ठ, पोखरा
पोखरा–लेखनाथ महानगरको प्रमुख र उपप्रमुख सहित बहुमत वडामा एमाले उम्मेदवारको जित निश्चित भएको छ । एमालेका महानगर प्रमुखका उम्मेदवार मानबहादुर जिसीले ५२ हजार ०१० मत ल्याएका छन् भने काँग्रेसका उम्मेदवार रामजी कुँवरले ३९ हजार ८४९ मत पाएका छन् । अहिलेसम्मको परिणाम अनुसार जिसी १२ हजार १६१ मतले अघि छन् ।
यस्तै, उपमेयरमा एमाले उम्मेदवार मन्जुदेवी गुरुङले ४८ हजार ९२३ मत पाएकी छिन् भने काँग्रेस उम्मेदवार सरस्वती गुरुङको ३७ हजार ८३७ मत छ । गणना भइरहेको वडा नम्वर ३० मा ४ हजार ७४३ मत खसेको छ । यस्तै गरी वडा नम्वर ३१ मा ३ हजार ९२१, वडा नम्वर ३२ मा ४ हजार ५८५ र वडा नम्वर ३३ मा ५ हजार २ सय ७८ मत खसेको छ ।
महानगरमा १ लाख २५ हजार ७ सय मत खसेकोमा हालसम्म झण्डै एक लाख ९ हजार मत गणना भईसकेको छ । ३३ वटा वडा रहेको पोखरा महानगरमा हालसम्म २९ वटा वडाको अन्तिम परिणाम आइसकेको छ । जस अनुासर एमाले १९ वटा वडा र काँग्रेसले १० वटा वडा अध्यक्ष जितेको छ ।