राष्ट्रपतिद्वारा सहमतिमा सरकार गठनका लागि आह्वान
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको लागि राजनीतिक दलहरुलाई आह्वान गरेकी छन् ।
राष्ट्रपतिले नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन गर्न व्यवस्थापिका-संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई आह्वान गरेकी हुन् ।
सातदिन भित्र सहमतिको आधारमा प्रधानमन्त्री चयन हुन नसके मात्रै बहुमतका आधारमा प्रधानमन्त्री चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
१० जेठमा प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएका थिए ।