भरतपुरमा ज्ञवाली र दाहालको मतान्तर १३७६
भरतपुर महानगरपालिकामा जारी मतगणना अनुसार एमालेबाट मेयरका उमेदवार देवि ज्ञवाली १,३७६ मतले अगाडि छन् ।
हालसम्म प्राप्त मत परिणाम अनुसार ज्ञवालीले ३२,०५५ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रकी रेणु दाहालले ३०,६७९ मत प्राप्त गरेकी छन् ।
उपमेयरमा नेपाली कांग्रेसकी पार्वती शाह ठकुरीले ३४,१९३ एमालेकी दिव्य शर्मा आचार्यले २८,९६५ मत प्राप्त गरेका छन् ।
अहिले वडा नं. १५ को ४०९८ मत गणना भइसकेको छ भने १५ को बाँकी र १६ देखि २६ नम्बरका वडाहरुको मत गणना बाँकी छ ।