स्मार्ट एप्लाएन्सेस्को एयर कुलर नेपालमा
स्मार्ट एप्लाएन्सेस्ले एयरटेक कुलर नेपाली बजारमा ल्याएको छ ।
स्मार्ट एप्लाएन्सेस्ले एयरटेक डेजर्ट कुलिङ्ग सिरिज अन्तर्गतको एयर कुलरका दुई मोडल नेपालमा भित्र्याएको हो ।
उक्त कुलरमा हनी कम्ब कुलिङ्ग मिडिया, वाटर सप्लाई कनेक्सन तथा बिल्ट–इन वाटर ओभर फ्लो प्रोटेक्सन सिस्टम रहेको स्मार्ट एप्लाएन्सेस्ले जनाएको छ । साथै, यसमा ५२ लिटरको वाटर ट्यांक क्षमता तथा कार्बन डस्ट फिल्टर रहेको छ ।
यो कुलर लिभिङ्ग रुम, बेडरुम, पसल, कार्यालय तथा भण्डारहरुमा उपयुक्त रहेको कम्पनीले जनाएको छ । इनर्जी इफिसिएन्सी क्षमताका कारण यी कुलर इन्भर्टरबाट पनि सजिलै चलाउन सकिने कम्पनीको दाबी छ ।