पर्साका जिशिअ र इन्जिनियर पक्राउ
पर्साका जिल्ला शिक्षा अधिकारी केदार तिवारी र इन्जिनियर नवलकिशोर देवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा पक्राउ गरेको छ ।
पर्साको मैनपुरस्थित नेपाल राष्ट्रिय प्राविधिक विद्यालयको तीन कोठे भवन निर्माणको बील स्वीकृत गर्नका लागि जिशिअ तिवारीले रु ५० हजार र इन्जिनियर नवल किशोर देवले रु २० हजार घुस लिंदालिंदै पक्राउ गरेको अख्तियारको टोलीले जनाएको छ ।
उक्त विद्यालयको तीन कोठे भवन १९ लाख ५० हजारको लागतमा निर्माण भएको थियो । पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि काठमाडौं लगिने अख्तियारको टोलीले जनाएको छ ।
-जियालाल साह, वीरगञ्ज