महिन्द्राको निःशुल्क सर्भिस
नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक विक्रेता अग्नि ग्रुपले क्युब–१०० गाडीको लागि निःशुल्क सर्भिसको आयोजना गरेको छ ।
अग्नि ग्रुपले क्युब–१०० नेपालमा भित्रिएको पहिलो वार्षिक उत्सबको अवसरमा निःशुल्क सर्भिसको आयोजना गरेको हो ।
यो योजना ११ र १२ जेठमा लागू हुने कम्पनीले जनाएको छ । साथै यस योजना अन्तर्गत लुब्रिकेन्ट्स र स्पेयर पार्टसमा १५ प्रतिशत छुटको व्यवस्था रहेको अग्नि ग्रुपले जनाएको छ । यो सेवा युनिक आईडल अटोमोबाइल्स्ल बालकुमारी र गुड अटोमोबाइल्स् धुम्बाराहीबाट लिन सकिने छ ।