भरतपुरमा देवि र रेणुको मतान्तर १६३६
भरतपुर महानगरपालिको जारी मतगणनामा मेयर पदका दुई प्रमुख उमेदवारबीचको मतान्तर कम हुँदै गएको छ ।
वडा नं. १५ को ११०० मत गनिसक्दासम्म एमालेबाट मेयरका उमेदवार देवि ज्ञवाली माओवादीकी उमेदवार रेणु दाहालभन्दा १६३६ मतले अगाडि छन् ।
अहिलेसम्म ज्ञवालीले ३१,०३७ मत प्राप्त गरेका छन् भने दाहालले प्राप्त गरेको मत संख्या २९,४०१ छ ।
उपमेयरमा कांग्रेसकी पार्वती शाह ठकुरीले ३२,७०४ र एमालेकी दिव्य शर्मा आचार्यले २७,८२९ मत प्राप्त गरेका छन् ।