पोखरा अपडेटः जीसी ४९४१४, कुँवर ३७७७६
पोखरा लेखनाथ महानगरपालिको मेयरमा एमालेका उम्मेदवार मानबहादुर जिसीले मतान्तर फराकिलो बनाएका छन् ।
हालसम्मको मतगणनामा उनले आफ्ना निकटम् प्रतिस्पर्धी कांग्रेस उमेदवार रामजी कुँवरले भन्दा ११,६३८ मत बढी ल्याएका छन् । जिसीले हालसम्म ४९,४१४ मत र कुँवरले ३७,७७६ मत प्राप्त गरेका छन् ।
यस्तै उपमेयरमा एमालेका मञ्जुदेवी गुरुङले ४६,४६१ मत पाएकी छिन् भने कांग्रेसकी सरस्वती गुरुङले ३५,६८५ मत पाएकी छिन् ।
हालसम्म महानगरको वडा नं. २७ बाहेक १ देखि २९ सम्मको मत गणना सकिएको छ । ३३ वटा वडा रहेको महानगरमा अहिले वडा नं. २७, ३०, ३१, ३२ र ३३ को मतगणना भइरहेको निर्वाचन कार्यालयले जनाएको छ ।
मतगणनाको अन्तिम परिणाम आज साँझसम्म आइसक्ने कार्यालयले अनुमान गरेको छ ।
महानगरमा १ लाख २५ हजार ६ सय ३२ मत खसेकोमा हालसम्म ९० हजार बढी मतगणना सकिएको छ ।
हालसम्मको मत परिणाम अनुसार एमालेले १९ वटा वडा अध्यक्ष जितेको छ भने कांग्रेसले ९ वटा वडा अध्यक्ष जितेको छ ।
युवराज श्रेष्ठ, पोखरा