काठमाडौंमा शाक्यले ५० हजार नघाए, रञ्जुको १८५६७
काठमाडौं महानगरपालिकाको मेयरमा एमालेबाट उमेदवार विद्यासुन्दर शाक्यले हालसम्म ५१,०९१ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका राजुराज जोशी शाक्यभन्दा १२,२५५ मतले पछाडि छन्, उनले हालसम्म ३८,८३६ मत प्राप्त गरेका छन् । त्यसैगरी विवेकशील नेपाली दलकी रञ्जु दर्शनाले १८,५६७, साझा पार्टीका किशोर थापाले १४,४५२ मत प्राप्त गरेका छन् ।
उपमेयरमा नेपाली कांग्रेसकी हरिप्रभा खड्गी श्रेष्ठले ४६,६१२ मत प्राप्त गरेकी छन् भने राप्रपाका राजाराम श्रेष्ठले २७,६४३ मत प्राप्त गरेका छन् ।
साझा पार्टीकी निरुपमा यादवले ९,१८६ र माओवादी केन्द्रकी सुशीला पौडेलले ७,७१४ मत प्राप्त गरेका छन् ।