काठमाडौंमा एमाले १४ हजार मतले अगाडि
काठमाडौ महानगरपालिकामा एक लाख ४० हजार ५५१ मतगणना गर्दा नेकपा एमालेका उमेदवारले ४६ हजार ५९३ प्राप्त गरी अग्रता कायम गरेका छन् ।
अहिलेसम्मको मतगणना हेर्दा कामपाको प्रमुखमा एमालेका विद्यासुन्दर शाक्य ४६ हजार ५९३ मत प्राप्त गरी अग्रस्थानमा छन् भने नेपाली कांग्रेसका राजुराज जोशीले ३२ हजार ७०९ मत प्राप्त गरेका छन् ।
त्यस्तै, विवेकशील पार्टीकी रञ्जु दर्शनाले १६ हजार ९९६ र साझाका किशोर थापाले १२ हजार ८९८ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका उम्मेदवार सर्वोत्तम डङ्गोलले ५ हजार १५६ मत प्राप्त गरेका छन् ।
यसैगरी, उपप्रमुखमा नेपाली कांग्रेसकी हरिप्रभा खड्गीले ४२ हजार ४७६, राप्रपाका राजाराम श्रेष्ठले २५ हजार २८२, साझा पार्टीका तर्फबाट निरूपमा यादवले ८ हजार ३३३ मत र माओवादी केन्द्रकी सुशीला पौडेलले ६ हजार ९५७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए ।
रासस