हेटौंडा उपमहानगरमा एमाले निर्वाचित
हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा नेकपा एमालेका हरिबहादुर महत २३ हजार १२४ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेस–माओवादी गठबन्धनका आनन्दराम पराजुलीले २२ हजार ५०९ मत पाएका छन् ।
त्यसैगरी उपप्रमुखमा एमालेकै मीना लामाले २३ हजार ४३६ मत प्राप्त गरी निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका बलराम वलले १७ हजार ११ मत प्राप्त गरे ।
हेटौंडा उपमहानगरपालिकामा ८३ हजार ५९३ मतदातामध्ये ६२ हजार ८० मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ । रासस