भरतपुर अपडेटः मतान्तर साँघुरिंदै
चितवनको भरतपुर महानगरपालिकामा मेयर उम्मेदवारको मतान्तर साँघुरिंदै गएको छ ।
पछिल्लो अपडेट अनुसार दुई उम्मेदवारबीच २ हजार १८३ मतको अन्तर रहेको छ ।
नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार देवि ज्ञवालीले २८ हजार ९५५ मत ल्याएका छन् । उनलाई नेपाली कांग्रेस–माओवादी गठबन्धनकी रेणु दाहालले २६ हजार ७७२ मतका साथ पछ्याइरहेकी छन् ।