भरतपुरमा एमालेका ज्ञवाली २७१८ मतले अगाडि
भरतपुर महानगरपालिकामा एमालेबाट मेयरका उमेदवार देवि ज्ञवालीले २७,९५५ मत प्राप्त गरेका छन् । उनी माओवादी केन्द्रकी उमेदवार रेणु दाहाल भन्दा २,७१८ मतले अगाडि छन् ।
जारी मतगणनामा हालसम्म माओवादीकी दाहालले २५,२३७ मत प्राप्त गरेकी छन् । राप्रपाका उमेदवार बद्री तिमिल्सनाले ३,४१४ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसकी पार्वती शाह ठकुरीले २८,६०६ मत प्राप्त गरेकी छन् भने एमालेकी दिव्य शर्मा आचार्यले २५,९१३ र राप्रपाकी रीना गुरुङले ३,५८५ मत प्राप्त गरेका छन् ।
जम्मा २९ वडा रहेको भरतपुर महानगरपालिकाको १७ वटा वडाको मतगणना सम्पन्न भइसकेको छ । हालसम्म १ देखि १३ सम्मका वडा र २६ देखि २९ सम्मका वडाहरुको मतगणन सम्पन्न भएको छ ।