पोखरामा एमाले ६३६६ मतले अगाडि
पोखरा–लेखनाथ महानगरपालिकाको जारी मत गणनाको पछिल्लो परिणाम अनुसार एमालेले मतान्तर फराकिलो बनाउँदै अग्रता लिएको छ ।
एमालेबाट मेयरका उमेदवार मानबहादुर जिसीले हालसम्म ३३ हजार ८३२ मत पाएका छन् भने कांग्रेसका रामजी कुँवरले २७ हजार ४६६ मत पाएका छन् ।
यस्तै उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले ३२ हजार २३ मत पाएकी छन् भने कांग्रेसकी सरस्वती गुरुङले २५ हजार ९१० मत पाएकी छन् ।
पोखरा महानगरापलिकाको वडा नं. १ देखि २० सम्मको मत गणना सम्पन्न भइसकेको छ ।
३३ वटा वडा रहेको महानगरमा १ लाख २५ हजार ६३२ मत खसेकोमा हालसम्म ७२ हजार ६७ मत गनिसकिएको छ ।
अहिलेसम्म एमालेले १२ वटा वडा अध्यक्ष जितेको छ भने कांग्रेसले ८ वटा वडा अध्यक्ष जितेको छ ।
हाल पोखराको वडा नं. २१, २२, २३, २४ र २५ को मतगणना भइरहेको जिल्ला निर्वाचन अधिकृत गंगालाल सुवेदीले जानकारी दिए ।
युवराज श्रेष्ठ, पोखरा