प्रधानमन्त्रीले सम्बोधन गर्ने भनिएको संसद बैठक स्थगित
प्रधानमन्त्री पुष्पकमल दाहालले विशेष सम्बोधन गर्ने भनिएको व्यवस्थापिका संसदको बैठक स्थगित भएको छ ।
आज विहान ११ बजेका लागि निर्धारित बैठक दुई पटक सरेपछि सुचना टाँस गरी भोलि, १० जेठ विहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थानीय तहको संख्या वृद्धि गर्ने सरकारको निर्णय विरुद्ध संसद बैठक अवरोध गर्ने चेतावनी दिएको थियो ।
सभामुख ओनसरी घर्तीले संसद बैठक सुचारु गराउन तीन दलबीच बैठक गराए पनि एमाले आफ्नो अडानबाट पछि नहटेपछि बैठक स्थगित भएको हो ।
आजको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले संसद बैठकलाई विशेष सम्बोधन गरेपछि राष्ट्रपति समक्ष पदबाट राजीनामा दिने बताएका थिए ।