भरतपुर: १३ नम्बर वडामा मत बढाउँदै माओवादी
भरतपुर महानगरपालिकाको १३ नम्बर वडाको ६०० मत गन्दा माओवादी केन्द्रबाट मेयरका उमेदवार रेणु दाहालले ३४९ मत प्राप्त गरेकी छन् भने एमालेका देवि ज्ञवालीले १७० मत प्राप्त गरेका छन् ।
महानगरपालिकाको जारी मतगणनामा अहिलेसम्म ज्ञवालीले २६,२२६ मत प्राप्त गरेका छन् भने दाहालले २२,५६९ मत प्राप्त गरेकी छन् ।
उपमेयरमा नेपाली कांग्रेसकी पार्वती शाह ठकुरीले २५,९८६ एमालेकी दिव्य शर्मा आचार्यले २३,५४७ मत प्राप्त गरेका छन् ।