प्रधानमन्त्रीद्वारा जाँदाजाँदै केही नियुक्ति
प्रधानमन्त्री पुष्पकमल दाहालले आज व्यवस्थापिका संसदको बैठकलाई सम्बोधन गरेपछि प्रधानमन्त्रीबाट राजीनामा दिने भएका छन् ।
आज बसेको मन्त्रिपरिषद बैठकमा उनले आफूले संसदमा सम्बोधन गरेपछि राष्ट्रपति समक्ष राजीनामा दिने बताएका हुन् ।
सरकार गठनकै बेला नेपाली कांग्रेससँग भएको सहमति अनुसार उनले राजीनामा गर्न लागेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।
प्रधानमन्त्रीले संसद्मा विशेष सम्बोधन गर्नुअघि बसेको मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री र मन्त्रीहरूले बालुवाटारमा सामूहिक तस्बिर खिंचाएका छन् । सरकार परिवर्तन हुने भएपछि यसरी सामूहिक तस्वीर खिचाउने चलन छ ।
जाँदाजाँदै सरकारले सरकारले राष्ट्रिय समाचार समिति (रासस) मा रिक्त महाप्रबन्धकमा ओपेन्द्र शर्मालाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को आजको बैठकले शर्मालाई नियुक्त गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
गत माघ ६ गतेदेखि उक्त पद रिक्त थियो । त्यस्तै निर्यात तथा प्रबर्द्धन केन्द्रका कार्यकारी निर्देशकमा शरद्विक्रम राणालाई नियुक्त गरिएको छ ।
बैठकले बूढीगण्डकी इन्जिनियरिङ प्रोक्यरमेन्ट कन्स्ट्रक्सन ढाँचामा अघि बढाउने सम्झौतापत्र तयार गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिएको छ ।