भरतपुरमा एमाले ३८३६ मतले अगाडि
चितवनको भरतपुरमा एमालेबाट मेयरका उमेदवार देवि ज्ञवालीले ३,८३६ मतले अग्रता लिएका छन् ।
ज्ञवालीले २६,०५६ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रकी रेणु दाहालले २२,२२० मत प्राप्त गरेकी छन् । राप्रपाका बद्री तिमिल्सिनाले २,९५८ मत प्राप्त गरेका छन् ।
उपमेयरमा नेपाली कांग्रेसकी पार्वती शाह ठकुरीले २५,६९२, एमालेकी दिव्य शर्मा अचार्यले २३,३६२ र राप्रपाकी रीना गुरुङले ३,१४७ मत प्राप्त गरेका छन् ।