तीन महानगरपालिकामा एमाले अगाडि, एकमा कांग्रेस
स्थानीय तह निर्वाचनको पहिलो चरणमा भएका २८३ स्थानीय तहमध्ये अहिलेसम्म २७५ वटाको परिणाम घोषणा भइसकेको छ । जसमध्ये सबभन्दा बढी नेकपा एमालेका उमेदवार ११९ स्थानीय तहका प्रमुख पदमा निर्वाचित भएका छन् ।
त्यस्तै, नेपाली कांग्रेस १०३, माओवादी केन्द ४६ र अन्यले ७ स्थानीय तहका प्रमुख पद हासिल गरेका छन् ।
मतगणना सम्पन्न हुन बाँकी चार महानगरपालिकामध्ये काठमाडौं, पोखरा र भरतपुरमा नेकपा एमालेले अग्रता लिइरहेको छ भने ललितपुरमा नेपाली कांग्रेसको अग्रता छ । यी महानगरपालिकाहरुमा अझै ४० प्रतिशतभन्दा बढी मत गणना हुन बाँकी छ ।