प्रधानमन्त्रीले आज संसद्मा सम्बोधन गर्ने
प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवस्थापिका–संसद्को आजको बैठकमा विशेष सम्बोधन गर्ने भएका छन् ।
आज अपराह्न १ बजे संसद् बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
आचार्यले सरकारले अहिलेसम्म गरेका कार्य र उपलब्धिबारे जानकारी दिन प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्न लागेको बताएका छन् ।