बेलायतको म्यानचेस्टरमा विष्फोट, १९ को मृत्यु, ५० घाइते
बेलायतको म्यानचेस्टर शहरमा एउटा पप कन्सर्टको समाप्तीसँगै भएको विष्फोटमा कम्तीमा पनि १९ जनाको मृत्यु भएको छ भने करिब ५० जना घाइते भएका छन् ।
म्यानचेस्टेर शहरको सबैभन्दा ठूलो इनडोर स्टेडियम म्यानचेष्टर एरिनामा स्थानीय समय अनुसार सोमबार राति १० बजे भएको उक्त विष्फोट अमेरिकी पप गायिका अरियाना ग्राण्डेको कन्सर्ट सकिंदा वित्तिकै भएको थियो ।
बेलायती प्रहरीले यो आतंकवादी घटना भएको भन्दै त्यसै अनुसार अनुसन्धान अघि बढाइएको जनाएको छ ।