भरतपुर महानगरमा एमालेका ज्ञवाली ३,३८९ मतले अगाडि
चितवनको भरतपुर महानगरपालिकामा १४ वटा वडाको मतगणना सम्पन्न हुँदा मेयरमा एमालेका उमेदवार देवि ज्ञवाली ३,३८९ मतले अगाडि छन् ।
ज्ञवालीले २४,९१२ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रकी उमेदवार रेणु दाहालले २१,५२३ मत प्राप्त गरेकी छन् ।
१२ नम्बर वडामा एमालेका उमेदवार नरेन्द्र कन्दङवा निर्वाचित भएका छन् । उनले कांग्रेसका उमेदवारलाई ५२३ मतले पछि पार्दै निर्वाचित भएका छन् ।
१२ नम्बरको वडाध्यक्षमा एमालेले १,६६१, कांग्रेसले १,०८८ र माओवादी केन्द्रले ८३९ मत प्राप्त गरेका छन् ।