चितुवाको आक्रमणबाट बालिकाको मृत्यु
अर्घाखाचीको सन्धिखर्क–९ गछ्छेबजार माथि ग्राचीमा चितुवा को अक्रमणबाट ६ वर्षीया बालिका को ज्यान गएको छ ।
स्थानीय नारायण मुखियाकी ६ वर्षीया छोरी अस्मिता मुखियाको १४ भदौ साँझ चितुवाको आक्रमणमा परि मृत्यु भएको स्थानीय प्रमोद ज्ञवाली ले जानकारी दिए ।
सोही ठाउँ नजिक आईतबार पनि चितुवाको आक्रमणबाट एक वालिकाको मृत्यु भएको थियो ।
प्रेम आचार्य, अर्घाखाँची