भरतपुरमा एमाले झन्डै तीन हजार मतले अगाडि
चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीले अग्रता कायमै राखेका छन् ।
पछिल्लो अपडेटअनुसार एमाले उम्मेदवार ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालभन्दा २ हजार ७८३ मतले अगाडि छन् ।
ज्ञवालीले २२ हजार ९८२ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले २० हजार १९९ मत प्राप्त गरेकी छन् । त्यस्तै राप्रपाका तर्फबाट मेयर उम्मेदवार बनेका बद्री तिमल्सीनाको २ हजार १८२ मत रहेको छ ।
उपमेयरमा भने नेपाली कांग्रेसकी पार्वती शाह २३ हजार १८८ मतका साथ अग्र स्थानमा छन् । एमाले उम्मेदवार दिव्य आचार्यले २० हजार ४९० मत प्राप्त गरेकी छन् ।
भरतपुर महानगरपालिका अन्तर्गत रहेका २९ वटा वडामध्ये हालसम्म १३ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । अहिले वडा नं १२ को मतगणना भइरहेको छ ।