भरतपुरमा एमालेको अग्रता कायमै
चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीले अग्रता कायमै राखेका छन् ।
मतपरिणामको पछिल्लो अपडेट अनुसार एमालेका देवी ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालभन्दा २ हजार ४८० मतले अगाडि छन् ।
ज्ञवाली २२ हजार ३४८ मतकासाथ अग्र स्थानमा छन् भने उनलाई माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले १९ हजार ८६८ मतका साथ पछ्याइरहेकी छन् ।