चितवनको खैरहनी नगरपालिकामा एमाले निर्वाचित
चितवनको खैरहनी नगरपालिकामा नेकपा एमाले निर्वाचित भएको छ ।
एमाले उम्मेदवार लालमणी चौधरी १० हजार ५०९ मतका साथ मेयरमा निर्वाचित भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेन्द्र चौधरीले ९ हजार ४५३ मत ल्याएका छन् ।
त्यसैगरी उपमेयरमा एमालेकै सुनिता थपलिया १० हजार २५० मतका साथ निर्वाचित भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सुशीला उप्रेतीले ९ हजार ६०८ प्राप्त गरेकी छन् ।