काठमाडौंमा एमाले ९०४९ मतले अगाडि
काठमडौं महानगरपालिको प्रमुखमा एमालेबाट उमेदवार विद्यासुन्दर शाक्य ९,०४९ मतले अगाडि छन् ।
महानगरपालिकाको जारी मतगणनामा हालसम्म शाक्यले ३०,९७५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका राजुराज जोशीले २१,९२६ मत प्राप्त गरेका छन् ।
विवेकशील नेपाली दलकी रञ्जु न्यौपानेले ११,२७५ मत प्राप्त गरेकी छन् भने साझा पार्टीका किशोर थापाको ८,५२३ मत छ । माओवादीका सर्वोत्तम डंगोलले ३,१६० मत प्राप्त गरेका छन् ।
उपमेयरमा शुरुदेखि नै अगाडि रहेकी कांग्रेसकी उमेदवार हरिप्रभा खड्गीले हालसम्म २६,४१७ मत प्राप्त गरेकी छन । त्यसैगरी साझा पार्टीकी निरुपमा यादवको ५,४५० र माओवादी केन्द्रकी सुशीला पौडेलको ४,२१९ मत छ ।