भरतपुर महानगरमा एमाले १६२४ मतले अगाडि, ४१ प्रतिशत मत गनियो
भरतपुर महानगरपालिकाको जारी मतगणनामा एमालेका उमेदवार देवी ज्ञवालीले हालसम्म १९,८८१ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रकी १८,२५७ मत पाएकी छन् ।
उपमेयरमा नेपाली कांग्रेसकी पार्वती शाह ठकुरीले २३,०३२ मत र एमालेकी दिव्य शर्मा आचार्यले १७,५३२ मत प्राप्त गरेका छन् ।
भरतपुर महानगरपालिकामा कुल खसेको मत १,१२,९०७ मध्ये ४६,८६२ मत गणना भइसकेको छ ।
अहिले ११ नम्बर वडाको मतगणना जारी छ ।